जन सरोकार

पाष्टरको कर्तुत- यौन सम्बन्ध राखे परमेश्वरले शक्ति दिन्छन् भन्दै जवर्जस्ती करणी

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

धार्मिक आडम्बर भिरेर आफूमा विशेष शक्ति रहेको दावी गर्दै रोग निको पार्ने बहानामा महिलालाई यौन शोषण गर्ने कार्य बढ्दै गएको छ । यसै क्रममा ललितपुरको कुसुन्तीमा रहेको एक चर्चका पाष्टरलाई जबरजस्ती करणी गरेको आरोपमा ललितपुरबाट पक्राउ गरिएको छ ।

आशा विश्वासी मण्डली चर्चका पाष्टर ध्रुवबाबु भनिने विश्वास जोशीले चर्चमा नियमित आइरहने एक महिलालाई आफूसँग यौन सम्पर्क राखे रोग निको हुने आश्वसन देखाएर जबरजस्ती करणी गरेको उजुरीका आधारमा सोमबार साँझ पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर, ललितपुरका डीएसपी सन्तोष तामाङका अनुसार महिलाले दिएको उजुरीमा पछिल्लो पटक चापागाउँको एक गेष्ट हाउसमा बोलाएर उनले जबरजस्ती करणी गरेका थिए ।

पाष्टरले यो सम्बन्धबारे कसैसँग भने परमेश्वरले दिएको शक्ति नष्ट हुने भन्दै धम्की समेत दिएको र पहिलो पटक महिलाले जोशीको विश्वासमा परेर उनले भनेअनुसार गरे पनि पटकपटक सम्बन्ध राख्न खोज्दा यो प्रकरण बाहिर आएको प्रहरीले जनाएको छ ।

पाष्टर जोशीले नराम्रा काम गरेकाले रोग लागेको बताउँदै आफूसँग शारीरिक सम्बन्ध राख्दा पाप नष्ट हुने आश्वासन दिने गरेको जोहरीमा भनिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.