जल/वातावरण

स्याङ्जाकी सुनिताले जन्माइन एकैपटक चार शिशु

विश्वमै दुर्भल घटना मानिने कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भएको छ । सो अस्पतालमा बिहिबार एक महिलाले चारवटा शिशुको सकुशल जन्म दिएकी छिन् ।

समाचार अनुसार पुतलीबजार १, स्याङ्जामा बसोबास गर्ने २६ वर्षीया सुनिता (पौडेल)प्रधानले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा द्वारा एकै पटकमा ४ वटा शिशुको सकुशल जन्म दिएकी छन ।

अस्पतालमा चिकित्सक डा महेन्द्र पाण्डेको नेतृत्वमा शल्यचिकित्साको माध्यमबाट ४ शिशुको जवन्म गराइएको हो । शिशु र आमाको स्वास्थ्य शकुशल रहेको बताइएको छ ।

जन्मिएका ४ शिशुमध्ये पहिलो छोरी १.६ किग्रा, दोश्रो छोरा १.३ किग्रा, तेश्रो छोरी १.३ किग्रा, चौथो १.४ किग्रा तौल रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.