राजनीति

कसले कुन नम्बरबाट ज्यानमार्ने धम्की दियो प्रष्ट पार्न रावललाई संचारमन्त्रीको चुनौति

सरकारका प्रवक्ता तथा सूचना एवं संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेकपा नेता भीम रावललाई बालुवाटारबाट कसले र कुन फोन नम्बरबाट ज्यान मार्ने धम्की दियो स्पष्ट पार्न आग्रह गर्नुभएको छ ।

रावलले पछिल्लो समय आफूलाई बालुवाटारबाटै ज्यानमार्ने धम्की दिएको दाबी गर्दै आउनुभएको छ । जवाफमा मन्त्री बाँस्कोटाले फरक विचार राखेकै कारण कसैलाई पनि ज्यान मार्ने धम्की दिन नमिल्ने भन्दै उहाँले प्रधानमन्त्री नेकपाकै हुनुहुन्छ, उहाँ पनि नेकपाकै नेता हुनुहुन्छ । उहाँलाई सरकारले सुरक्षा उपलब्ध गराएकै छ, पछुवा पनि छ । त्यसैले उहाँको ज्यानमाथि सुरक्षा खतरा छ भन्ने नलागेको बताउनुभयो ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटालाई प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई सिध्याउन तरबार वा खल्तीमा गोलीको माला लिएर हिड्नुहुन्छ भनेर सोच्नु गलत हुने बताउँदै प्रधानमन्त्री कसैको ज्यान लिने हुनुहुन्छ र रु भन्ने प्रतिप्रश्न गर्नुभयो ।

सोही क्रममा ललिता निवासको सरकारी जग्गामा विप्लव समूहले झण्डा गाडेको बारेमा मन्त्री बास्कोटाले वालुवाटारको जग्गा कब्जा गर्ने विप्लवको घोषणालाई चर्चामा आउने दाउमात्र भएको बताउनुभयो ।

विप्लवले कब्जा गर्नुको कुनै अर्थ नहुने बताउँदै मन्त्री बास्कोटाले झण्डा गाडेर केही हुनेवाला छैन । सरकारले जोगाउन लागेको भए पो बहादुरी गर्नु भन्दै मन्त्री बास्कोटाले बालुवाटारको जग्गा नेपाली जनताको भएकाले सरकार आफैले छानबिन गर्न लागेकाले त्यसको के खर्थ हुन्छ र भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.