जन सरोकार

भारत सरकारले पठायो १० टन राहत सामग्री

भारत सरकारले रसुवास्थि भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितहरुका लागि १० टन मानवीय सहायता सामग्री तथा अत्यावश्यक औषधि नेपाल पठाएको छ।

बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहायता सामग्री पठाइएको भारतीय विदेशमन्त्री एस। जयशंकरले जानकारी दिनुभएको हो। उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत सहायता सामग्री नेपाल पठाइएको सार्वजनिक गर्नुभएको छ।

भारत सरकारले बाढीका कारण ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, प्रभावित सबै नागरिकप्रति ऐक्यबद्धता र सद्भाव व्यक्त गर्दै चुनौतीपूर्ण परिस्थितिमा नेपाल र नेपाली जनताको साथमा भारत रहेको विदेशमन्त्री जयशंकरले उल्लेख गर्नुभएको छ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गर्दै रसुवामा आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्नुभएको छ।

उहाँले घटनाप्रति गहिरो समवेदना प्रकट गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा भारतका तर्फबाट आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.