अर्थ

सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार दुई सय

नेपाली सुनचाँदी बजारमा आज(सोमबार) छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार दुई सय तोकिएको छ ।आइतबार प्रतितोला रु एक लाख पाँच हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले बढेर प्रतितोला रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार तीन सय नब्बेमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.