जन सरोकार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

सर्लाही, लालबन्दी नगरपालिका-४ स्थित सडकमा पुनर्वासबाट रंजितपुरतर्फ जाँदै गरेको ज.११ प ७५४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-३ जब्दी बस्ने ४५ वर्षीय राज कुमार चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय लालबन्दी मोडेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.