राजनीति

विकास र समृद्धिको यात्रामा सरकार असफल : महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार जनताका समस्या सम्बोधन गर्न र विकास तथा समृद्धिको यात्रामा असफलको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भए पनि अहिले एमालेको प्राथमिकतामा सरकार नरहेको बताउँदै भन्नुभयो, “अहिले हाम्रो प्राथमिकताका सरकार होइन, जनताका समस्याप्रति चिन्तित भएका छौँ ।”

जनताको राज्यप्रति विश्वास र भरोसा टुटेकाले युवा विदेशिन बाध्य भएको उल्लेख गर्दै महासचिव पोखरेलले सरकारले युवालाई स्वदेशमै रोक्नेतर्फ कुनै ध्यान नदिएको आरोप लगाउनुभयो ।

गठबन्धन सरकारबाट विकास र समृद्धिको नेतृत्व हुन नसक्ने भएकाले अब मुलुकमा बलियो राष्ट्रिय शक्तिको खाँचो रहेको उहाँको भनाइ छ ।

कम्युनिष्ट पार्टीबीच तत्काल पार्टी एकताको सम्भावना नरहेको उल्लेख गर्दै एमाले महासचिव पोखरेलले भन्नुभयो, “विगतमा सकारात्मक सोंचका साथ पार्टी एकता भएको थियो तर सफल हुन सकेन, अब नेतानेताको असफल एकताको पछि होइन कार्यकर्ता र जनताको एकता गर्दै पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गर्न लागिपरेका छौँ ।”

प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा (एमाले) पोलिटब्युरो सदस्य सुजिता शाक्य, खेममान खड्का, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य ढकाललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.