जन सरोकार

बालविवाह रोक्न निम्तो कार्ड छपाईमा जन्मदर्ता प्रमाणपत्र अनिवार्य

मुलुकको ठूलो समाजिक समस्याका रुपमाा रहेको बालविवाह रोक्न सल्यानका छापाखानाका संचालकहरूले एउटा सह्रानीय प्रतिबद्धता जनाएका छन् । उनीहरुले अबदेखि बिवाहमा छापिने कार्डमा २० बर्षभन्दा कम उमेर भएमा कार्ड छपाइ रोक्ने प्रतिबद्धता जनाउँदै निम्तो कार्ड छपाईमा जन्म दर्ताको कागज अनिवार्य माग्ने प्रतिबद्धता जनाएका छन् ।

बालविवाह रोक्न प्रहरीले थालेको अभियानमा त्यहाँ रहेका छापाखाना तथा अफसेट प्रेस सञ्चालकले सहयोग पुयाउन निम्तो कार्ड छपाईमा जन्म दर्ताको कागज अनिवार्य बनाएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानमा भेला भएका प्रेस तथा छापाखानाका सञ्चालकले कार्ड छपाईमा जन्म दर्ता अनिवार्य गर्ने प्रतिवद्धता गरेका हुन् ।

शारदा नगरपालिका–२ खलंगामा रहेको गीता अफसेट प्रेसका सञ्चालक प्रकाशसिह थापाले ‘बाल विवाह समाजिक रुपमा अपराध भएकाले यसको अन्त्यका लागि आ–आफ्नो क्षेत्रबाट योगदान आवश्यक छ’ वताउनुभयो । उहाँका अनुसार बिहेमा निम्तो कार्ड बाँड्ने चलन छ । प्रेसमा छपाईका लागि बरबधुको तर्फवाट कार्ड छपाई हुने गरेको छ । यदि केटा केटीको उमेर २० वर्ष मुनी भए कार्ड छापिने छैन ।

उमेर नपुग्दै हुने बिवाहले सामाजिक, आर्थिक क्षेत्रमा असर पु¥याएको छ । यसलाई न्यूनीकरण गर्न सकारात्मक सन्देशका लागि आफूहररूले प्रेसमा बिहेका निम्तो कार्ड छाप्नु अघि केटा र केटीको जन्म दर्ताको कागज माग्ने निणर्य गरेको बनगाड कुपिण्डे नगरपालिका–१ मा रहेको दिपज्योति छापाखाना सञ्चालक दिपेश केसीले जानकारी दिनुभयो ।

सल्यान जिल्लामा सञ्चालनमा रहेका आधा दर्जन अफसेट प्रेस तथा छापाखानाले वाल विवाह न्यूनीकरण गर्ने प्रतिवद्धता गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार सल्यानमा बालबिवाह न्यूनीकरण लागि प्रहरीले जिल्लाब्यापी अभियान सञ्चालन गरेको छ । स्थानीय तह र प्रहरीको सहकार्यमा हिलेसम्म बनगाड कुपिण्डे नगरपालिका, शारदा नगरपालिका, त्रिवेणीगाउँपालिका र छत्रेश्वरी गाउँपालिकामा आकस्मिक नम्वर सहित बाल बिवाह रोक्न घर–घरमा स्टिकर टाँस गरिएको छ ।

सल्यानमा रहेका ४६ हजार घर धुरीमा वालविवाह रोक्न जनचेतामूलक कार्यक्रम लिएर पुग्ने प्रहरीले जनाएको छ । सबै पक्षसँग समन्वय सहकार्य गरेर वालविवाह रोक्न लागेका छौ सल्यानका प्रहरी प्रमुख डिएस पी ढकेन्द्र खतिवडाले भन्नुभयो अहिले सम्म तीन जना पुरोहित र सातजना अभिभावकलाई कानुनी कार्वाही गरिएको छ ।

जिल्लामा क्रियाशिल पुरोहित तथा ज्योतिषले पनि बालविवाह कम गर्ने प्रतिवद्धता जनाएका छन् । शारदा नगरपालिका र जिल्ला प्रहरी कार्यालय सल्यानले आयोजना गरेको कार्यक्रममा सहभागि पुरोहित तथा ज्योतिषीले आफूहरूले २० वर्ष मुनीको उमेरमा गरिने बिहेमा सहभागि नहुने सामुहिक प्रतिबद्धता गरेको शारदा नगरपालिका–६ का टोपेन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ९४ जना पुरोहितहरुले सामुहिक प्रतिबद्धता जनाएका हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.