राजनीति

"स्वार्थबाट आत्म बेच्नेहरु नर्क पर्छन्, नर्क परेपछि फर्कन सक्दैनन्" : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताउनुभएको छ । उहाँले केही संचार माध्यम, पत्रकार र नेताहरु स्वार्थपूर्ण तवरले झुठो कुरा प्रचार गर्न लागिपरेको भदै त्यस्ताहरु नर्कपर्ने पनि बताउनुभयो ।

प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको बिहिबार उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओलीले समेत रहनुभएका प्रधानन्त्री ओलीले भन्नुभयो, “केही सञ्चार माध्यम झुटो छापेर जनतालाई दिग्भ्रमित पार्न लागेको बताउँदै स्वार्थबाट अन्ध हुन्छ वा आत्म बेच्छ, त्यसपछि नर्क पर्छ । नर्कमा गएपछि फर्किन सक्दैन ।”

त्यस क्रममा उहाँले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको जनाउनुभयो । “देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको छ । यसमा हामी सबै सजग हुनुपर्छ । देश बनाउने र बचाउने हो भने हामीले सहमति कायम राख्न आवश्यक छ”, उहाँले भन्नुभयो, “हामी कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साध्ने होइनो । हामी रातो झण्डा फहराउनेवालाहरु हौँ ।

काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ । हामी उज्यालो र चम्किलो भविष्यतर्फको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौँ । हामीलाई देश बनाउनु छ । सुशासन र विकासको बाटामा जानु छ ।”

अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैँ हराएर जाने जनाउँदै देश, जनता, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले संचारमाध्यमहरुप्रति लक्षित गर्दै भन्नुभयो अहिले केही सञ्चार माध्यम राम्रो कुरा देख्न पर्छ भने आँखा छोप्छु, राम्रो कुरा सुन्नुपर्छ भने कान थुन्छु । तर सुन्दिन, हेर्दिन, बोल्दिन भने जसरी प्रस्तुत भएको आरोप लगाउनुभयो ।

‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार : स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा : प्रेस सङ्गठन नेपालको आधार’ भन्ने नाराका आयोजित सो भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत नेता, मन्त्री र पत्रकारिता क्षेत्रका अग्रजको सहभागिता छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.