जापानसूचना/प्रविधि

ई-स्पोर्टसको केन्द्र बन्दै टोकियोको आकिहाबारा

जापानी युवाहरुको बढ्दो चाहनालाई मध्यनजर गर्दै राजधानी टोकियोको आकिहाबारा क्षेत्र जापानभरिकै लागि ई-स्पोर्टस केन्द्र बन्न गैरहेको छ । एनटीटी इस्ट र एनटटी वेस्ट जस्ता दूरसंचार कम्पनीहरुले यहाँ भिडियो गेमका लागि एक नयाँ प्रतिष्ठान स्थापना गर्न गैरहेका छन् ।

कम्पनीका अनुसार भिडियो गेम प्रतिष्ठान आउँदो जुलाईसम्म खुलिसक्नेछ । सो प्रतिष्ठान कभर्ड हलकै शैलीको हुनेछ । जहाँ प्रतिस्पर्धी र उनको टीमका लागि विशेष स्थान बनाइनुका साथै दर्शकदीर्घा समेत तयार गरिनेछ । यो परियोजना अन्तर्गत देशभरका खेलाडीलाई प्रशिक्षण दिने योजना पनि रहेको छ ।

जापानमा युवापिढीमा ई-स्पोर्टसको लोकप्रियता बढिरहेको छ । एक अनुमान अनुसार सन् २०२२ सम्म ई-स्पोर्टसको बजार मूल्य लगभग दुई गुणा बढेर ९ करोड डलरभन्दा बढी हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.