जन सरोकार

चीनबाट २० लाख थान सिरिञ्ज आइपुग्यो

कोनाबिरुद्धको खोप मौज्दात रहे पनि सिरिञ्जको अभाव भैरहेका बेला चीन सरकारले सहयोग स्वरुप दिएको २० लाख सिरिन्ज नेपाल आइपुगेको छ ।

चीनबाट आइपुगेको उक्त सिरिञ्ज नेपाल सरकारलाई हस्तान्तरण गर्दै काठमाडौंस्थित चिनियाँ दूताबासले महामारीविरुद्धको लडाईंमा नेपाललाई साथ दिन सधैं प्रतिबद्ध रहेको जनाएको छ ।

साथै नेपालसँगको निकटता कायम राख्दै आफ्नो क्षमताअनुसार महामारीविरुद्धको लडाईंमा सधैं सहयोग गर्न तयार रहेको दूताबासले जनाएको छ ।

यसअघि नेपाल सरकारले ४० लाख डोज खोप चीनबाट किनेको थियो भने १८ लाख डोज खोप अनुदानमा पाइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.