खेलफूटबल

लिभरपुल र चेल्सीले बराबरी खेले

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लिभरपुल र चेल्सीले बराबरी खेले

एनफिल्डमा भएको खेलमा दुबै टोलीले केही गोल गर्ने सुन्दर अवसर भने खेर फलदा खेल बराबरीमा सकिएको हो । खेलको तेस्रो मिनेटमा चेल्सीका काइ हार्भट्जले गोल गरेपनि भीएआरले उनलाई अफसाइड देखाएको थियो । बराबरीसँगै लिभरपुल १९ खेलमा २९ अंक जोड्दै आठौं स्थानमा छ भने २० खेलमा २९ अंक जोडेको चेल्सी १० औं स्थानमा रहेको छ ।

त्यसैगरी इंग्लिस प्रिमियर लिग अन्तर्गत नै शनिबार भएको अर्को खेलमा वेस्ट ह्यामले एभर्टनलाई २-० ले एस्टन भिल्लाले साउथह्याम्पटनलाई १-० ले पराजित गर्दा ब्राइटन र लेस्टर सिटीले २-२ गोलको र क्रिस्टल प्यालेस र न्युकासल युनाईटेडले गोल रहित बराबरी खेलेका छन् ।

 

 

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.