कला/मनोरन्जनकलिउड

ओलीद्वारा महानायक हमाल सम्माति

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिनेता राजेश हमाललाई महानायकको औपचारिक सम्मान प्रदान गर्नुभएको छ ।

शनिबार भक्तपुरमा आयोजित चौथो एपिक नेपाल म्युजिक अवार्ड समारोहमा प्रमुख अतिथि ओलीले हमाललाई महानायकको सम्मान दिनुभएको हो ।

सूर्यबिनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिका वडा नं ४ को सहकार्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष ओलीले हमाललाई नगद रु १ लाख १ हजार १ सय ११ सहित महानायक सम्मान गर्नुभएको हो ।

सोही कार्यक्रममा चलचित्र पत्रकार प्रकाश सुवेदीलाई नगद रु २५००० सहित चलचित्र पत्रकार सम्मान प्रदान गरिएको थियो ।

उक्त अवसरमा गायिका तीर्थकुमारी थापालाई बरिष्ठ गायिका सम्मान र गायक रत्न बेहोसीलाई बरिष्ठ कलाकार सम्मान, समाजसेवि कृष्ण बहादुर होनालाई समाजसेवी सम्मान, युवा पत्रकार पुरस्कार गोपिकृष्ण चापागाईंलाई नगद १०००० सहित युवा पत्रकार सम्मान प्रदान गरिएको थियो ।

त्यस्तै नेवा सम्मान हाँस्य कलाकार सबिन शाक्यलाइै प्रदान गरिएको थियो भने ब्युटी पेजेन्ट कोरिग्राफर सम्मान अश्विणीकान्त झा र एपिक रत्न सम्मान नगद ३३३३३ सहित गायिका पुर्णिमा लामालाई प्रदान गरिएको थियो ।

नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका तथा प्राविधिकहरुलाई दिइने यस अवार्ड कार्यक्रममा कुल ३९ बिधा सहित जुरी अवार्ड, पपुलर अवार्ड, पब्लिक च्वाइस अवार्ड, बहुप्रतिभा अवार्ड, वर्षकै उत्कृष्ट अवार्ड र दुईजनालाई प्रोत्साहन अवार्ड र अवार्ड गरी ४९ जना लाइ विभिन्न विधामा अवार्ड सहित बिभिन्न सम्मान प्रदान गरिएको थियो ।

साथै अवार्डमा चर्चित गायक धिरजराई, यम बराल, दिपक बज्राचार्य, भिडियो निर्देशक काजिस श्रेष्ठ तथा समुह, बेली डान्सर रुपा पुलामी, जादुगर, राजेन्द्र गिरी र मिना गिरी, बालकलाकार जेभिन÷जेभिस श्रेष्ठ र अन्य स्थानीय कलाकारहरुको समेत बिशेष प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.