खेलफूटबल

इंग्लिस प्रिमियर लिगमा टोटेनह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले फुलहमलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा टोटेनह्यामले फुलहमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

इंग्लिस प्रिमियर लिगमा टोटेनह्याम विजयी

टोटेनह्यमलाई जित दिलाउन ह्यारी केनले निर्णायक गोल गरे । केनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोटेनह्यामलाई सुयूवती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा दुबै टोलीबाट गोल भएन र टोटेनह्यामलाई महत्वपुर्ण ३ अङ्क दिलाउन केनको गोल नै निर्णायक रह्यो ।

यस गोलसँगै टोटेनह्यामका लागि केनको २६६ औं गोल हो र उनले जिमि ग्राभेसको रेकर्ड पनि बराबरी गरेका छन् । जितसँगै टोटेनह्याम २१ खेलमा ३६ अंक जोड्दै पाँचौं स्थानमा छ भने ३१ अंक जोडेको फुलहम सातौं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.