जापानराजनीति

परराष्ट्रमन्त्री विमलालाई जापानी विदेशमन्त्रीद्वारा बधाई ज्ञापन

जापानी विदेशमन्त्री हायाशी योशिमासाले परराष्ट्र मन्त्री विमला राई पौड्याललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना दिनुभएको छ ।

विदेशमन्त्री आयाशीले एक पत्रमार्फत मन्त्री पौड्याललाई बधाई दिनुभएको हो । नेपालका लागि जापानी राजदूत किकुता युताकाले बुधबार परराष्ट्र मन्त्रालय सिंहदरबार पुगेर विदेशमन्त्रीको पत्र हस्तान्तरण गर्नुभएको हो ।

शिष्टाचार भेटमा राजदूत किकुताले गत नोभेम्बरमा नेपाल भ्रमण गरेका जापानका विदेश राज्यमन्त्री ताकेइ सुनसुकेको नेतृत्वमा भएको निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डललगायत दुई देशबीचको पछिल्लो उच्चस्तरीय भ्रमणबारे प्रकाश पार्नुभएको थियो ।

उहाँले जापानले नेपालसँग दीर्घकालीन मैत्रीपूर्ण विकास साझेदारका रूपमा काम गरिरहेको र देशको सामाजिक–आर्थिक विकासका चुनौतीसँग जुध्न सहयोग गरिरहने पनि बताउनुभयो ।

जापानी सहयोग नियोग जाइकासँग नजिकको कामको अनुभव हाँसिल गर्नुभएका परराष्ट्रमन्त्री पौड्याल र राजदूत किकुताले दुई देशबीचको द्विपक्षीय सम्बन्ध विस्तारका साथै बहुपक्षीय मञ्चमा काम गर्न थप सहकार्य गर्ने धारणा राख्नुभएको थियो ।

राजदूत किकुताले नेपाल र जापानबीचको सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धमा जोड दिँदै यो सम्बन्धलाई जनस्तरको आदानप्रदानमा समेत प्रवद्र्धन गरी मित्रतालाई अझ प्रगाढ बनाउने इच्छा व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.