राजनीति

वाग्मती प्रदेशको निर्वाचन सुरक्षामा प्रजिअ र प्रहरीप्रमुख नै खटिए सुरक्षामा

हेटौँडा उपमहानगरपालिका–८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा बाग्मती प्रदेशअन्तर्गत जारी राष्ट्रियसभा सदस्यको निर्वाचनमा सुरक्षाका लागि ३०० सुरक्षाकर्मीसँगै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र प्रहरीप्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गरुङ खटिनुभएको छ ।

वर्षाका कारण तोकिएको समयभन्दा ढिला गरी सुरु भएको मतदान कडा सुरक्षाबीच जारी छ । मतदान केन्द्र र स्थलको सुरक्षार्थ नेपाल प्रहरी तथा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिएको छ ।

प्रदेशसभामा माओवादी केन्द्रबाट समानुपातिक सांसद हिमाली गोलेले आफूले मतदान गरेको तस्वीर आफैंले खिचेपछि तनाव भएको थियो ।

मतदानस्थल, मतदान केन्द्रबाहिर र मतदान आसपासको १०० मिटरको दूरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब ३०० सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीप्रमुख गुरुङले बताउनुभयो ।

प्रहरीप्रमुख गुरुङको नेतृत्वमा जनपद तथा ट्राफिक प्रहरीसमेत १८० र सशस्त्र प्रहरी १४ नं गण हेटौँडाका प्रहरी उपरीक्षक नेतृत्वमा ६० सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्य र जनप्रतिनिधिलाई मतदानका लागि छुट्टै केन्द्र तथा मतपत्रको व्यवस्था गरिएको छ । समाचार सङ्कलनमा रहेका सञ्चारकर्मीलाई आलोपालो गरेर प्रवेश गर्न दिइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.