राजनीति

सत्ता गठबन्धन निर्वाचनमा सहमति जुटाउन असफल

आउँदो वैशाखमा स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयागले दिइरहेको दवाव अनि सत्ता गठबन्धन निर्वाचन सार्ने योजनाकाबीच आज बसेको सत्ता गठबन्धनको बैठक कुनै सहमतिमा पुग्न सकेन ।

शनिबार विहान स्थानीय तह निर्वाचन मितिको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बिहानको बैठक असफल भएपछि पुनः अपराह्न फेरि बस्ने गरी बैठक सकिएको छ ।

स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

आन्तरिक छलफल गरेर फेरि बैठक बस्ने गरी बिहानको बैठक सकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.