चोटका कारण फुर्सद पाएका सोमपालले गरे विवाह
नेपाल, अमेरिका र ओमानसंगको खेल चोटका कारण गुमाएका सोमपाल कामी वैवाहिक जीवनमा बाधिएका छन् । आधा दशकदेखिको आफ्नो प्रेमलाई साकार पार्दै कामीले नेपालगञ्ज निवासी प्रतिभा घिमिरेसंग विवाह गरेका हुन् ।
उक्त अवसरमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवम् अलराउण्डर पारस खडकाले सोमपाललाई सामाजिक सञ्जालमा बधाई दिनुभएको छ ।
२४ वर्षीय सोमपाल नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै छ अन्तर्राष्ट्रिय एकदिवसीय र २८ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल्नुभएको छ । गुल्मीमा जन्म भई भारतमा किशोर अवस्था बिताउनुभएका सोमपाल नेपाली राष्ट्रिय टोलीका अलराउण्डर हुन् ।
करीब छ वर्षअघि नेपालञ्जमा क्रिकेट प्रतियोगिता खेल्दा पहिलोपटक दुबैजनाबीच भेटघाट भएको थियो । उक्त भेटघाट मित्रतामा कायम हुँदै प्रेम सम्बन्धमा परिणत भएको थियो ।
आफन्त र परिवारजनको उपस्थितिमा सामाजिक रीति बमोजिम दुबैजनाको विवाह भएको हो । घिमिरे हाल काठमाडौंमा सानिमा बैंकमा कार्यरत छिन् ।
प्रतिक्रिया राख्नुहोस्