विश्व समाचार

बन्द भयो ८० वर्षदेखि प्रसारण भैरहेको बीबीसी हिन्दी सेवा

विश्वको सबभन्दा ठूलो, पुरानो र विश्वसनीय संचार संस्था बीबीसीले आफ्नो हिन्दी रेडियो सेवा बन्द गरेको छ । बीबीसीले आर्थिक संकटका कारण पटक पटक कर्मचारीहरु कटौती गर्दै आएको हिन्दी रेडियोको सेवा बन्द हुनुलाई पनि त्यही कारण मानिएको छ ।

तर भारतीय मिडियाहरुले स्रोताको संख्या घट्दै गएको भन्दै विश्व हिन्दीको सर्टवेभ रेडियो प्रसारण बन्द गरिएको उल्लेख गरेका छन् । ८० वर्षदेखि हिन्दी सेवामा कार्यक्रम स्रसारण गरिरहेको बीबीसी हिन्दी रेडियो ३१ जनवरीदेखि बन्द भएको हो ।

बीबीसी हिन्दी रेडियो सेवाले आफ्नो अन्तिम प्रसारण शुक्रबार साँझ साढे ७ बजे गरेको थियो । बबीबीसी रेडियोको विश्व सेवा, हिन्दी सेवा र उर्दू सेवाको आफ्नो स्वर्णिम इतिहास छ । नेपालमा बीबीसी नेपाली सेवा पनि प्रसारण हुँदै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.