राजनीति

पार्टी सङ्गठनलाई केन्द्रमा राखेर काम गर्न कांग्रेस प्रवक्ता डा महतको आग्रह

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टी पार्टी संगठनलाई केन्द्रमा राखेर काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

अर्थमन्त्री डा महत

पार्टीको भ्रातृ संस्था नेपाल किसान महासङ्घले शुक्रबार आयोजना गरेको कार्यक्रममा उहाँले पार्टी बलियो भएमात्रै नेता कार्यकर्ता बलियो हुनेभन्दै पार्टी संगठनलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोडदिनुएको हो । अहिलेको परिवेशमा पार्टीभन्दा व्यक्तिगत प्रचारले प्रश्रय पाइरहेको भन्दै त्यस्ता कार्यले सङ्गठनको हित नगर्ने उहाँको भनाइ थियो ।

प्रवक्ता डा महतले भन्नुभयो, “व्यक्तिवाद होइन, सङ्गठनलाई केन्द्रबिन्दुमा राखेर काम गर्न जरूरी छ । तबमात्रै सङ्गठन बलियो वा विस्तार भएर पार्टीको लोकप्रियता बढ्दै जान्छ । पार्टी बलियो भएमा त्यसबाट सबैले फाइदा लिने अवस्था बन्छ ।”

त्यस्तै, पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थालाई आआफ्नो दायित्व पूरा गर्ने गरी अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो । “राजनीतिक दलको भ्रातृ र शुभेच्छुक संस्थाको महत्व भनेकै पार्टीको विचारलाई सम्बन्धित क्षेत्रमा पु¥याउने हो । त्यसैले नेपाल विद्यार्थी सङ्घ, तरुण दल, किसान सङ्घ र अरु सबै सङ्गठनले आफ्नो लक्षित वर्गमा पार्टीको विचारलाई लिएर कांग्रेसको सङ्गठनलाई विस्तार गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका डा महतले ६५ प्रतिशतभन्दा बढी किसान भएको देशमा कूल ग्राहस्थ्य उत्पादन (जिडिपी) मा २५ देखि २६ प्रतिशत कृषिको योगदान रहेको र त्यो विस्तारै घट्दै जानु चिन्ताको विषय हो भन्दै किसानका समस्या समाधान गर्न लाग्न जरूरी रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.