राजनीति

परराष्ट्र नीति– दलीय स्वार्थ कि नेपालको हितमा

नेपालको परराष्ट्र नीति नै छैन भने पनि हुन्छ । मौखिक र घोषित रुपमा पञ्चशीलताको सिद्धान्तमा आधारित असंलग्न परराष्ट्र नीति अपनाएको भनिए पनि सरकारमा बस्नेहरुको धार अनुसारको व्यवहार प्रदर्शन हुँदैआएको छ ।

दुई विशाल छिमेकी मुलुक भारत र चीनको बीचमा रहेको नेपाल यतिबेला पश्चिमा राष्ट्रहरुको रणनीतिक महत्वमा परेको छ । यस्तोमा कहिले उत्तर र कहिले दक्षिण ढल्कने द्वैध नीतिले नेपालको अस्तित्व नै संकटमा पर्नसक्ने चेतावनी विज्ञहरुबाट आइरहेका छन् ।

नेपालको स्पष्ट परराष्ट्र नीति नहुँदा छिमेकी चिढियो, पश्चिमा नजिकिने त कहिले पश्चिमा चिढिने, छिमेकीमध्ये आलोपालो उत्तर र दक्षिणसंग नजिकिने गलत अभ्यास भैरहेको छ । यसले मुलुकको दीर्घकालीन हुत हुनै सक्दैन ।

समयसापेक्ष परराष्ट्र नीति नहुँदा नेपाल विदेशीको खेलमैदान बन्ने खतरा बढिरहेका बेला परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले परराष्ट्र नीति–२०७७ लाई समयसापेक्ष बनाउन आवश्यकता अनुसार विज्ञसँग परामर्श गरिने बताउनुभएको छ ।

नेपालमा सरकारममा जाने राजनीतिक दलको सिद्धान्त र नीति अनुसारको छिमेकी तथा मित्र देशहरुसंग निकट, दूरी र सामान्य सम्बन्ध राख्ने परराष्ट्र नीति बन्ने गरेको छ । राजदूतहरु राष्ट्रका लागि नभएर पार्टीका लागि बनाइने परिपाटी बसेको छ ।

यस्तो गलत अभ्यासको नतिजा कस्तोसम्म देखिएको छ भने कतिपय मुलुकका लागि राजदूत बनेर गएकाहरुको काम सम्बन्धित देशमा नेपालका नेता तथा मन्त्रीहरु गए उनीहरुको स्वागत गर्ने, त्यहाँ रहेका गैरआवासीय नेपालीहरुको कार्यक्रममा जाने बाहेक केही हुने गरेको छैन ।

नेपालको पराष्ट्र सम्बन्धमा देखिएको विडम्बना भनेको वामपन्थीहरुको सरकार बने चीनसंग बढी निकट हुने र भारत तथा पश्चिमा देशहरु सशंकित हुने अवस्था छ ।

त्यस्तै प्रजातन्त्रवादीहरुको सरकार बने भारत र पश्चिमा खुसी हुने, चीन सशंकित हुने गलत परम्पराको विकास भैरहेको छ । यसमा सुधार आवश्यक छ ।

वर्तमान सरकार वामपन्थी, लोकतन्त्रवादी, परम्परागतवादी, सुधारवादी सबैको मिश्रणबाट बनेको हुँदा देशको परराष्ट्र नीति पनि सबैसंग समानताको आधारममा सम्बन्ध विस्तार गर्ने नीति बनाउनु आवश्यक छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.