राजनीति

प्रचण्ड–नेपाललाई देउवाको ढडास- गठबन्धन टुट्न दिन्न

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा र प्रतिगमनविरुद्ध बनेको सत्तारुढ गठबन्धन कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

बुधबार साँझ प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय तह निर्वाचन, एमसिसी र सत्ता गठबन्धनका विषयमा भएको छलफलमा उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो ।

उता नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन अझै बलियो भएर जाने बताउनुभएको छ । काठमाडौँको जडीबुटीमा समाजवादीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले गठबन्धन दलहरूबीच भएको छलफलमा गठबन्धनलाई अझै बलियो बनाएर लैजाने सहमति भएको बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, “गठबन्धनका बीच आपसी अविश्वास पैदा गराउन खोजिए गठबन्धन अझै बलियो भएर जानेछ, गठबन्धनले नै चुनाव गर्नेछ ।” उहाँले गठबन्धनविरुद्ध भएको षड्यन्त्रप्रति सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमालेका पूर्वसांसद सुवास कर्माचार्यसहित करिब १५० बढी नेता कार्यकर्ता समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीमा प्रवेश गर्नेलाई अध्यक्ष नेपालले टीका र खादा लगाएर स्वागत गर्नुभयो ।

एमालेका नेताहरू राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य सीता थापा, बागमती प्रदेश कमिटीका यज्ञ सापकोटा, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य ईश्वरी श्रेष्ठ, जिल्ला कमिटी सदस्य क्रमशः दीपक नेपाल, रवीन्द्र शर्मा, विष्णुलाल श्रेष्ठ, विजय ढुङ्गाना, किशोर लामा, सगुन श्रेष्ठ, धुव्रराज गिरी र फइन्द्र तामाङलगायत सिन्धुपाल्चोकका १०० बढी नेता काभ्रेबाट ५० बढी नेता कार्यकर्ता समाजवादीमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.