जल/वातावरणस्वास्थ्य

संक्रमित घट्दै, मृतक बढ्दै

नेपालमा केही दिनयता कोरोना संक्रमितहरु थपिने क्रम घटिरहे पनि संक्रमणबाट मृत्यु हुनेको संख्या भने बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७ सय ४२ जना र २ हजार ५ सय ७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४ सय ३३ जना गरी ३ हजार १७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हाल देशभरमा ६३ हजार २९६ सक्रिय संक्रमित छन् भने ८ हजार ७२३जना संक्रमणमुक्त भएका छन् । हाल ६१ हजार ८६२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २८१ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

त्यसै गरी बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९५ हजार ६३ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७ सय ७८ पुगेको छ भने ८ लाख ८७ हजार ४ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका ६५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०४ जना कोरोना संक्रमित थपिएका छन् ।

यसै गरी काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या निकै घट्न थालेको छ । ओमिक्रोन भेरियन्ट सुरु भएको केही हप्ता कुल संक्रमितमध्ये आधा उपत्यकामा हुने गरेको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १,२४९, ललितपुरमा १८३ र भक्तपुरमा ७७ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button