अर्थ
ग्यासको मूल्य २५ रुपैयाँले बढ्यो पेट्रोलियममा एक रुपैयाँ घट्यो
नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागु हुने गरी ग्यासको मूल्य बढाएको छ । निगमले ग्यासको प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ भने पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा एक–एक रुपैयाँ घटेको छ ।

निगमले जारी गरेको नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको मूल्य ११०, डिजल र मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम गरिएको छ । त्यसैगरी ग्यासको मूल्य बढाइएको छ । ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएर १३७५ रुपैयाँ पुर्याएको निगमले जनाएको छ ।
हवाइ इन्धनको मूल्य भने यथावत रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्