राजनीति

ठाउँ नपाए संसद भवन खाली गरौं- चीनमा रहेका नेपाली विद्यार्थी तत्काल फिर्ता ल्याऔं

कोरोना प्रभावित चीनको वुहानबाट नेपाल ल्याइनेहरुलाई कहाँ राख्ने भन्ने अन्योलमा सरकार रहेका बेला एक सांसदले कतैं ठाउँ नपाए संसद भवन खाली गरेर राखौं तर फिर्ता ल्याउन ढिला गर्न नहुने सुझाव दिएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा समाजवादी पार्टीका सांसद प्रदीप यादवले सरकारले पाँच दिनदेखि लगातार खोज्दा पनि चीनबाट ल्याउने नेपाली राख्ने ठाउँ नपाउनु दुखद भएको भन्दै चीनबाट उद्धार गरी ल्याउने नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन खाली गर्न प्रस्ताव गर्नुभएको हो ।

सांसद यादवले भन्नुभयो ‘चीनबाट ल्याउने नेपाीलाई कहाँ राख्ने त ? सरकारले पाँच दिनदेखि लगातार खोजिरहेको छ तर तर ठाउँ नै पाएको छैन । कि हामी संसद भवन नै खाली गर्दिउँ त सभामुख महोदय ।

यादवले संसद भवनमा नभए हायात होटल राखेको जग्गा खाली गरेर राख्न माग गर्दै ३० रोपनी जग्गा कब्जा गरेर हायात होटल राखेको छ । त्यो खाली गरेर राखौं र चीनमा रहेका नेपाली विद्यार्थीलाई लिन जहाज तत्काल उडाऔं ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.