चाँडै मृगौला प्रत्यारोपण गरेर तीन वर्ष बेस्सरी काम गर्ने हो प्रधानमन्त्री ओली
प्रत्यारोपण गरिएको मृगौलाले राम्रो काम नगरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै नै मृगौला प्रत्यारोपण गर्ने बताउनुभएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न मिडियाका सम्पादकहरुसँग मंगलबार कुराकानी गर्दै उहाँले चाँडै मृगौला प्रत्यारोपण गरी गरी बाँकी रहेको तीन वर्ष बेस्सी काम गर्ने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले बाँकी तीनवर्ष पनि आफैं प्रधानमन्त्री हुने स्पष्ट पार्दै भन्नुभयो “मेरो किड्नी चाँडै नै ट्रान्सप्लान्ट गर्ने हो, अनि तीनवर्ष बेस्सरी काम गर्ने हो । आलोपालो भनेर पहिले भनिएको हो । अहिले उहाँ (प्रचण्ड)कै प्रस्तावमा अब म एक्लैले पाँचवर्ष शासन गर्ने भन्ने भएको छ ।”
त्यस क्रममा प्रधानमन्त्री ओलीले एमसीसी संसद्बाट छिट्टै पारित हुने बताउँदै पहिले सम्झौता गर्ने अनि पछि छलफल गर्ने नेपालीको बानी नै भएको उल्लेख गर्दै पहिलेको सरकारले गरेको सम्झौतामा अहिले आएर आईपीएस भन्ने आरोप लगाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो “हामीले हाम्रो स्वार्थ हेर्ने हो, पाँचवर्षभित्रमा सबै गरिसक्नुपर्नेछ । नभए सबै फिर्ता जान्छ । त्यसैले संसदबाट पारित गर्न हतार गर्नुपरेको हो ।”
प्रतिक्रिया राख्नुहोस्