खेल

करण केसी नायक बन्दा नेपाललाई ओमानको मध्यम स्कोर

नेपाल, अमेरिका र ओमानबीचको आईसीसी लिग २ सिरिजको पहिलो खेलमा ओमानलाई विजयका लागि १९८ रनको लक्ष्य दिएको छ । ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनायो ।

एकदिवसीय मान्यता पाएपछि पहिलोपटक घरेलु मैदानमा खेलेको नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णयलाई सही सावित गर्दै नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि करण कसी एक्लैले चार विकेट लिए भने सुशन भारी ३ र दीपेन्द्रसिं ऐरीले एक एक विकेट लिए ।

आजको खेलमा नेपालका अन्तर्राष्ट्रिय आकन बलर सन्दीप लामिछानेले कुनै विकेट लिन सकेनन् । उनले १० ओभर बलिङ गर्दा ४५ रन दिए । सन्दीपको बलमा ओमानी ब्याट्सम्यानले ५ चौका र १ छक्का हानेका थिए ।

कुनै समय ५७ रनमै पाँच विकेट लिएर नेपालले दबाब बनाए पनि ओमानका मध्यक्रमका ब्याट्सम्यान मोहम्मद नदीमले उत्कृष्ट ब्याटिङ्ग गर्दै टोलीलाई औसत योगफलसम्म पुर्याए । नदीमले अविजित रहँदै पाँच चौका र दुई छक्काको मद्दतमा ६९ रनको योगदान दिए ।

ओमानका लागि सन्दीप गौडले दोस्रो सर्वाधिक ३३ तथा नसिम खुशीले २८ रनको पारी खेले भने बिलाल खान नदीमसँगै ८ रन बनाएर अविजित रहे ।

नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ्ग गर्दै नौ ओभरमा मात्र ४७ रन खर्चेर चार विकेट लिए । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा सहभागी भएका सुशन भारीले १० ओभरको स्पैलमा मात्र १४ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिए भने दिपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

सम्बन्धित खबर

Back to top button