रिलिजको एक दिनमै 'प्रेमगीत ३' को गीत ट्रेडिङमा (भिडियोसहित)
२०७६ चैत्र २८ गतेबाट प्रदर्शन आरम्भ गर्ने लक्ष्यका साथ निर्माण आरम्भ गरिएको प्रेमगीत ३ को पहिलो गीत सार्वजनिक भएको एक दिनमै नेपाल ट्रेडिङमा परेको छ । योे समाचार तयार पार्दासम्म गीतलाई आठ लाख ३२ हजारले हेरिसकेका छन् भने छ हजार बढीले प्रतिक्रिया जनाएका छन् ।
छेतेन गुरुङ र सन्तोष सेनको निर्देशनमा दुई सय वर्ष पुरानो प्रेमकथालाई पर्दामा उतारिएको ‘प्रेमगीत ३ मा एक्सन किङ शिव श्रेष्ठ, युवास्टार प्रदीप खड्का, नवअभिनेत्री क्रिस्टिना गुरुङ सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतले अभिनय गरेका छन् ।
छेतन गुरुङ र मन्दिप गौतमको कथा र पटकथा रहेको चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिएका छन् ।
सामाजिक अभियन्ता चक्रबहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्मातामा छन् भने कुमार शान शाह र ओएसआर डिजिटल सहनिर्माताको रुपमा रहेको छ । ठूलो बजेट र ठुलो क्यानभासमा निर्माणा गरिएको प्रेमगीत ३ ले बक्सअफिसमा तहल्का मच्चाउने विश्वास गरिएको छ ।