विश्व समाचार

अनिवार्य खोपबिरुद्धको आन्दोलन चर्केपछि क्यानडाको राजधानी ओटावामा संकटकाल

सरकारले कोरोनाविरुद्धको खोप अनिवार्य गरेपछि सुरु भएको आन्दोलन चर्कदै गएपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ ।

खोपको विरोधमा ट्रक चालकहरुले सुरु गरेको आन्दोलन चर्किएपछि ओटावाका मेयरले सहर नियन्त्रण बाहिर रहेको भन्दै पुरानै अवस्थामा फर्काउन संकटकाल लगाइएको बताउनुभएको छ ।

सुरुमा ट्रक चालकहरुले थालेको आन्दोलनमा अन्य व्यक्तिहरुले पनि साथ दिएपछि क्यानडाको राजधानी सहर ठप्प जस्तै भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

आन्दोलनकारीले सडकमा ट्रक तेर्स्याएर र टेन्ट राखेर यातायात आवागमन बन्द गराएका छन् । आन्दोलनको क्रममा हिंसा र दुर्व्यवहार भएको भन्दै उजुरी पनि परेका छन् ।

क्यानडा सरकारले यही जनवरी १५ तारिखमा कोरोनाविरुद्धको खोपसम्बन्धी निर्णय गर्दै खोप नलगाएका क्यानेडियन ट्रक चालकहरूले अमेरिका(क्यानडा सीमा वारपार गर्न खोप लगाएको हुनुपर्ने आदेश जारी गरेको थियो ।

यही आदेशको विरोधमा ट्रक चालकहरुले प्रदर्शन सुरु गरेका थिए । अहिले त्यही प्रदर्शन व्यापक हुँदै गएको हो । राजधानी ओटावाका साथै टोरन्टो, क्विबेक, फ्रेडेरिक्टज र विनिपेगमा पनि कोभिड खोप अनिवार्य गरिएको विरोधमा प्रदर्शन भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.