जन सरोकार

मेलम्ची प्रहरी चौकीमा आक्रमण : दुई प्रहरी घाइते

शनिबार राति अज्ञात समूहले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित खाल्डे प्रहरी चौकीमा गए आक्रमण गरेका छन् । सो आक्रमणबाट दुई प्रहरी घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले दिएको जानकारी अनुसार सो चौकीमा मोटरसाइकलमा आएका १०÷१२ समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएका छन् ,

घाइते प्रहरी सहायक निरीक्षक सन्तोषकुमार झालाई थप उपचारार्थ काठमाडौँ लगिएको र प्रहरी हवल्दार हरिबहादुर मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

आक्रमणकारी मध्येका एक सुनखानीका सोम थिङलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै घटनाको थप अनुसन्धान भइरहेको निरीक्षक तामाङले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

Back to top button