राजनीति

कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसंँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा सोमबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा नेता निधिले वर्तमान राजनैतिक परिस्थितिका कारण देशमा सङ्कट आएको जनाउँदै समाधानका लागि प्रतिनिधिसभा पुनस्थापना या निर्वाचनमा जानुपर्ने बताउनुभयो ।

सञ्चारकर्मीको एक प्रश्नका जवाफमा पूर्वउपप्रधानमन्त्री निधिले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक या असंवैधानिक के हो भन्नेबारे अदालतले निर्णय गर्ने बताउनुभयो ।

उहाँले कांगे्रस मात्र नभएर नेपाली जनता र राजनीतिक दलको एउटै उद्देश्य भनेको प्रतिनिधिसभा निर्वाचन भएको जनाउँदै यसका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न पार्टी तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.