राजनीति

संविधान संशोधन नभए आन्दोलनमा जाने समाजवादीको घोषणा

समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन भएन भने आन्दोलनमा जाने बताउनुभएको छ ।

सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले आफ्नो पार्टीको प्रमुख माग नै संविधान संशोधन भएकाले संविधान संशोधन भएन भने आन्दोलनमा जानुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले सबै जातजाति, भाषाभाषीको अधिकार संविधान संशोधनको माध्यमबाट मात्र पूरा हुने भएकाले संविधानमा संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

वर्तमान सरकारले संविधान संशोधन गर्ने भनेपछि आफ्नो पार्टी सरकारमा सहभागी भएको तर त्यसतर्फ कुनै पहल नभएपछि आफूहरू सरकारबाट बाहिएको अध्यक्ष यादवले बताउनुभयो ।
सोही कार्यक्रममा सयाँै नेता तथा कार्यकर्ताले विभिन्न पार्टी परित्याग गरेर समाजवादी पार्टीमा प्रवेश गरेको पार्टीका युवा नेता धर्मेन्द्र मेहताले बताउनुभयो । नवप्रवेशीलाई अध्यक्ष यादव, सचिव पर्शुराम बस्नेतलगायतले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.