जन सरोकार

२० वर्षपछि पक्राउ पर श्रीमतीको हत्या गरी फरार रहेका सिंह

आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका महावै गाउँपालिका–३ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदे टोल बस्ने ४५ वर्षीय धनराज सिंहलाई २० वर्षपछि पक्राउ गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोलीले पक्राउ गरेको प्रवक्ता एवं प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो । उनी २०५८ माघ २ गते सुर्खेत कारागारबाट सुरुङ खनेर फरार रहेका थिए ।

विसं २०५८ साउन २८ गते आफ्नै श्रीमतीको हत्या गरी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर सिंहलाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि २०५८ भदौ १४ गते कारागार चलान गरेको थियो ।

 विसं २०६५ मङ्सिर १३ गते अदालतले अन्तिम फैसला गर्दै सिंहलाई २० वर्षको कैद सजाय तोकेको थियो । पक्राउ गरिएका सिंहलाई अदालतमा पेश गरेर कैद भुक्तानका लागि आजै सुर्खेत कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.