राजनीति

‘कोइरालाले संविधान निर्माणमा खेलेको भूमिका प्रेरणादायी’

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोेइरालाले संविधान निर्माणमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका प्रेरणादायी भएको बताउनुभएको छ ।

आज स्व. कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत उहाँप्रति श्रद्धा सुमन अर्पण गर्दै सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले स्व. कोइरालाले पार्टीमा पुर्याउनु भएको अथक योगदान र संविधान निर्माणमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका सबैका लागि सधैँ प्रेरणादायी भएको उल्लेख गर्नुभएको हो ।

नेपालको संविधान जारी हुँदा सरकारको नेतृत्व गर्नुभएका कांग्रेसका तत्कालीन सभापति कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.