जन सरोकार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिक्षालयमा आगलागी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फको यात्रु बस्ने कक्षमा आगलागी भएको छ । विमानस्थलको डिपार्चरतर्फको भागमा रहेको कफीसपमा आगलागी हुँदा विमानस्थल बन्द भएको छ ।

आगलागीपछि यात्रु कक्षमा बसेका यात्रुहरुलाई सुरक्षित स्थानमा सारिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । अहिले आगो नियन्त्रणको प्रयास जारी राखिएको छ । विमानस्थलभित्र इलेक्ट्रकि सट भइ आगलागी भएको विमानस्थलका अधिकारीले जनाएका छन् ।

विमानस्थलको टावर ब्रिफिङका अनुसार आगालगानीका कारण यो समाचार तयार पार्दासम्म आधा घण्टादेखि बन्द रहेको छ । अध्यागमन पास गरेर जहाज चढ्न जानुअघि यात्रु बस्ने कोठसँगै जोडिएको कफीसपमा विद्युत सर्ट हुँदा आगलगानी भएको विमानस्थल प्रमुख देवेन्द्र केसीले जानकारी दिनुभएको छ ।

विमानस्थल बन्द भएपछि काठमाडौं विमानस्थलमा अवतरणका लागि आएका जहाज आकाशमै होल्डमा परेका छन्। आगलगानी नियन्त्रण भएपछि विमानस्थलले सेफ्टी अडिट गरेपछि मात्र विमानस्थल पुनःसञ्चालन हुने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.