वुहानमा नेपाली लिन जान जहाजका पाइलट डराए

सरकारले यही फागुन ३ गते चीनको वुहानबाट नेपाल ल्याउन लागेका १ सय ८० नेपाली लिन जाने तय गरेको जहाजका पाइलट जान तयार नभएको समाचार छ ।
समाचार अनुसार नेपाली विद्यार्थीहरुलाई उद्दार गर्न नेपाल एयरलाइन्सको वाइड बडी जहाज पठाउने तयारी गरे पनि जहाजका पाइलट भने चीन उड्न तयार भएका छैनन् ।
जहाजमा ३ जना क्याप्टेन, ३ जना को–पाइलट, ४ जना क्याबिन क्रु र ४ जना स्वास्थ्यकर्मी पठाउने तयारी भएको छ । तर समाचार सूत्रका अनुसार स्रोतका अनुसार उडान तयारीका लागि रोस्टर बनाउँदा त्यसमा प्रस्ताव गरिएका पाइलट र एयर होस्टेजले चीन जान अस्वीकार गरेका हुन् ।
नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले सकेसम्म फागुन ३ गते जहाज पठाउने तयारी भएको जानकारी दिनुभएको छ भने सरकारले चीनबाट ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राख्न भनेर भक्तपुर खरिपाटीस्थित विद्युत प्राधिकरणको दुईटा भवन खाली गराएको छ ।
प्रतिक्रिया राख्नुहोस्