जन सरोकार

नवलपरासीमा ट्याक्टर दुर्घटना : चारजनाको मुत्यु १५ जना घाइते

पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिकामा मंगलबार राती भएको ट्याक्टर दुर्घटनामा चारजनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजना गम्भीर रहेका छन् ।

बुलिगंटार प्रहरी चौकीका अनुसार बुलिगंटार गाउँपालिका वडा नं ३ मा डाडाँझेरीको छरछरे बाट बुलिगंटारतर्फ फर्कदैं गरेको लु ४ त २५५६ नंम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार चार जनाको घटनास्थलमै ज्यान गएको छ । १५ जना घाईते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा बुलिगंटार गाउँपालिका वडा नं ३ बतासा गाउँका बासिन्दा हुन् । मृत्यु हुनेमा बर्ष ५० का यमसिहं सारु मगर,बर्ष ३२ का नरबहादुर सुस्लिगं मगर, बर्ष २५ का नेपाल प्रहरीका जवान लिलबहादुर सारु मगर, र बर्ष ४५ का पुर्णप्रसाद माकिम मगर रहेको प्रहरीले जनाएको छ ।

सो दुर्घटना साँझ ८ः०० बजे तिर भएका पनि बिकट गाउँको भित्री कच्ची सडकमा भएकाले राती अबेर मात्र प्रहरी र स्थानीयले थाहा पाएर उद्दार गरेका स्थानीय शिक्षक भबिलाल रानामगरले बताउनुभयो । दुर्घटनामा घाइृते भएकाहरु मध्ये दुईको अबस्था गम्भीर रहेको र घाइतेलाई भरतपुर अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.