मार्च महिनादेखि मास्क लगाउने नलगाउने आफ्नो स्वेच्छा
जापान सरकारले आउँदो मार्च महिनाको १३ तारिखदेखि कोरोना भाइरसको संक्रमण फैलिन नदिन अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियमलाई परिमार्जन गर्ने भएको छ ।
सरकारले मास्क लगाउने हालको नियमलाई परिमार्जन गर्दै स्वेच्छिक रूपमा मास्क लगाउने अनुमति दिने निर्णय गर्दै मानिसहरूलाई स्वेच्छाले मास्क लगाउन अनुमति दिने योजना बनाएको छ ।
सरकारले डाक्टरकहाँ जाँदा वा भीडभाड भएको सार्वजनिक यातायातमा मास्क लगाउन भने सिफारिस गर्ने योजना बनाएको छ । सैद्धान्तिक रूपमा आउँदो अप्रिल १ देखि विद्यालयहरूमा मास्क लगाउन भने आवश्यक छैन । सरकारले यसअघि हुने स्नातक समारोहमा विद्यार्थीले मास्क लगाउन नपर्ने निर्णय पनि गरेको छ ।
त्यसै गरी भाइरसको प्रकोपको बेला भीडभाड हुने ठाउँमा यात्रा गर्दा गम्भीर रोगको उच्च जोखिममा रहेका मानिसहरूलाई जोगाउन मास्क प्रभावकारी हुने कुरामा पनि जोड दिनेछ ।
साथै सरकारले मानिसहरूलाई लक्षणहरू देखा पर्दा वा उनीहरूसँग बस्ने परिवारको सदस्यमा संक्रमण भएको पाइएमा बाहिर ननिस्कन आग्रह गरेको छ । यस्तो अवस्थामा अस्पताल वा अन्य कारणले बाहिर जानु परेमा भीडभाड हुने ठाउँमा नजान र मास्क लगाउन आग्रह गरिनेछ ।





प्रतिक्रिया राख्नुहोस्