एन आर एन न्युजजापान

एनआरएनए जापानले जापानी भाषा कक्षा संचालन गर्दै

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जापानमा विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुका लागि जापानी भाषा कक्षा संचालन गर्ने भएको छ ।

विशेष गरी कुक भिसा, डिपेण्डेण्ट भिसा लगायत अन्य भिसामा जापान बसोवास गर्दै आएका नेपालीहरुले सामान्य जापानिज भाषा नजानेका कारण समस्यामा पर्ने गरेका कारण निःशुल्क भाषा कक्षा संचालन गर्न लागिएका हो ।

एनआरएनए जापानले अनलाइन मार्फत संचालन गरिने जापानिज भाषा कक्षा संचालन गर्ने तयारी भैरहेको इच्छुक नेपालीले गुगल फर्म भर्न अनुरोध गरिएको छ । फर्मको लिंक केही दिनमा सार्वजनिक गरिने बताइएको छ ।

निःशुल्क भाषा कक्षा एनआरएनए जापानको सहयोगमा नागोया क्षेत्रीय समितिको मुख्य आयोजना तथा सम्पूर्ण क्षेत्रीय समितिको सहआयोजनामा संचालन हुनेछ ।

सामान्य कामकाजी भाषामा समेत समस्या परेका नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई भर्चुअल जुममार्फत पढाई हुने भाषा कक्षामा सहभागी भएर लाभ उठाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.