खेलजापान

"टोकियो ओलम्पिक न त स्थगित हुन्छ, न त पछाडि सर्छ"

चीनबाट फैलिएको कोरोना भाइरसका कारण आउँदो जुलाई २४ मा उदघाटन हुने टोकियो ओलम्पिक स्थगित हुने हल्ला चलिरहेका बेला आयोजकले ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित नभएको दावी गरेका छन् । उनीहरुले कोरोना भाइरसको सङ्क्रमण थप फैलिनसक्ने भएकाले प्रतिगोगिता स्थगित भएको हल्ला गलत भएको बताएका छन् ।

ओलम्पिक प्रतियोगिताको आयोजक समितिका अध्यक्ष योशिरो मोरीले पत्रकारहरुसँग भन्नुभयो, “कोरोना भाइरसको सङ्क्रमणको खतरा देखाएर यो ओलम्पिक प्रतियोगिता न त स्थगित हुन्छ, नत पछाडि सर्छ, यो पूर्वनिर्धारित समयमै हुन्छ । “म यो स्पष्ट पार्न चाहन्छु कि टोकियो ओलम्पिक प्रतियोगिता स्थगित गर्ने वा पछाडि सार्नेगरी केही काम हुनेछैन ।”

जापानका पूर्वप्रधानमन्त्री समेत रहनुभएका मोरीले प्रतियोगिताको तयारीका बारेमा छलफल गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको दुई दिने बैठक सुरु भएको पनि जानकारी दिनुभयो । अध्यक्ष मोरीले सरकार र सरोकारवाला पक्षहरुसँग आफुहरुले काम गरिरहेको पत्रकारहरुलाई बताउनुभयो ।

आइओसी समन्वय आयोगका अध्यक्ष जोन कोस्टले पनि कोरोना भाइरसको सङ्क्रमणको समस्या ‘अनपेक्षित विषय’ भएको बताउदै यो तत्काल समाधान हुने विश्वास व्यक्त गर्नुभयो । कोरोनासम्वन्धी समस्या समाधान गर्ने जिम्मेवारी सरकार र अन्य सरोकारावालाहरुको भएकाले त्यसमा ओलम्पिक आयोजकले चिन्ता लिनु नपर्ने उहाँको भनाइ छ ।

जापानमा अहिलेसम्म कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ भने अरु २४८ जना सङ्क्रमित भएको जापानी अधिकारीहरुले बिहीबार पुष्टि गरेका छन् । कोरोना भाइरसका कारण प्रतियोगिता स्थगित हुने हल्ला पटक पटक चलेपछि उनीहरुले स्थगित नहुने र पछाडी पनि नसर्ने भन्दै पटक पटक स्पष्टिकरण दिनु परेको छ ।

हरेक चार चार बर्षमा हुने ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिता यस बर्ष आगामी जुलाई २४ उद्घाटन भएर अगस्ट ९ तारिखका दिन सकिने गरी तय भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.