राजनीति

पूर्व प्रधानमन्त्रीद्वयलाई मुद्दा नचलाउनुको कारणको लिखित जवाफ माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा प्रस्ताव पेश गर्ने पूर्व मन्त्रीहरुमाथि कारबाही गरे पनि निर्णय गर्ने पूर्व प्रधानमन्त्रीलाई मुद्दा नचलाएकोमा सर्वोच्च अदालतले आयोगसँग लिखित जवाफ मागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा तत्कालिन मन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

तर अख्तियारले मन्त्रिपरिषदको निर्णय नीतिगत हो भन्दै तत्कालिन प्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन आफ्नो क्षेत्राधिकार नपर्ने निर्णय गरेको थियो ।

शुक्रबार सर्वोच्च अदालतले ललिता निवास र यसले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णय मन्त्रिपरिषद बैठकबाट गर्ने तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको कारण पेश गर्न अख्तियारलाई आदेश दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले १५ दिनभित्र कारणसहित लिखित जवाफ पेश गर्न अख्तियारलाई भनेको छ । सर्वोच्चले मुद्दाको गाम्भीर्यता हेर्दा छिटो निर्णय गर्नु पर्ने भएकाले रिटलाई अग्राधिकार प्रदान गरेको छ ।

ललितानिवास प्रकरणमा डा. बाबुरामको प्रश्न- मन्त्री दोषी प्रधानमन्त्री किन निर्दोष ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.