एन आर एन न्युजजापान

एनआरएनए जापान अझ सकृय, एक महिना लामो बहस श्रृंखला सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानले एनआरएनए जापान कन्क्लिभ सम्पन्न गरेको छ । जनवरी २३ देखि सुरु गरी फेब्रुअरी १३ मा सम्पन्न कार्यक्रममा मूलतः जापानमा बसोवास गरिरहेका नेपालीका विविध समस्या, तिनका समाधान र अवसरका विषयहरुलाई समेटिएको थियो ।

पाँच छुट्टा छुट्टै सेशनमा विभाजन गरी हप्तामा एक सेसनको आयोजना गरिएको कार्यक्रममा प्रत्येक सेसनमा सम्बन्धित विषयमा विषयबिज्ञहरुलाई सहभागी गराई गहन रुपमा छलफल गरिएको थियो । कार्यक्रममा जापान र अमेरिकामा कार्यरत नेपाली चिकित्सक, शिक्षाविद, अनुसन्धानकर्ता, नेपाल तथा जापानमा कार्यरत कानुन ब्यवसायी तथा नेपाली बैज्ञानिक र जापानीज डाक्टर चिकित्सक रहेका थिए ।

कार्यक्रमका बारेमा एनआरएनए जापानका महासचिव तथा यस कार्यक्रमका संयोजक जनक बिक्रम शाहीले बोल्दै कार्यक्रम सफलताका साथ सम्पन्न गराउनमा सहयोग पुर्याउने सम्बन्धित सबैलाई धन्यवाद दिदै आयोजना पश्चात के उपलब्धि रह्यो भन्ने जिज्ञासा उठ्नु स्वाभाविक रहे पनि यो कार्यक्रम एउटा बहसको श्रृंखलाको आधारमा आयोजना गरेको र बिभिन्न क्षेत्रका बिज्ञहरुलाई सहभागी गराई जापानमै रहेका हरेक तह र तप्काका नेपालीहरुको समस्या, समाधान र अवसरको बारेमामा जानकारी दिनुरहेको बताउनुभयो ।

आगामी दिनमा बिभिन्न क्षेत्रमा कार्यरत बिज्ञ ज्यूहरुको सुझाव सल्लाह र सहायोग अनुसार आवश्यक योजना बनाइ नेपाल सरकारका बिभिन्न निकायहरुको नीति निर्माण तहमा सहयोग पुग्ने जस्ता कार्यक्रमहरुको आयोजना गर्ने शाहीले बताउनुभएको थियो ।

पाँचौं तथा अन्तिम सेसनको समाप्तिसंगै समापन समारोहको आयोजना गरीएको थियो । समारोहको प्रमुख अतिथिमा नेपाली दूतावास जापानका उपनियोग प्रमुख अम्बिका जोशी, विशेष अतिथिमा एनआरएनए आइसीसीका निवर्तमान अध्यक्ष भवन भट्ट, आइसीसीकै उपाध्यक्ष डा बद्री केसी, एसिया प्यासिफिक संयोजक गोबिन्द श्रेष्ठ रोविन्द, बेलायततबाट आइसिस सदस्य रामशरण सिम्खडा, पत्रकार महासंघ जापान शाखा अध्यक्ष मोहन घले, बिभिन्न संघ संस्थाका प्रमुख, लगायतको सहभागिता रहेको थियो ।

अधिकांश अतिथिहरुले एनआरएनए जापानको अहिलेसम्मकै उत्कृष्ट कार्यक्रमको आयोजना गरेको र यसबाट जापानवासी नेपाली समुदायलाई अत्यन्तै ज्ञानवर्दक र लाभदायी रहेको बताउनुभएको थियो ।

प्रमुख अतिथि अम्बिका जोशीले नेपाली समुदाय र आफ्नो मातृभूमिलाई अत्यन्तै उपलब्धिमुलक हुने यस्ता कार्यमा दूतावासको सधै साथ र सहयोग रहने बताउनुभयो । साथै प्रत्येक सेसनका मोड्रेटर र प्यानालिस्ट साथै सबै सहयोगी मिडियालाई ईप्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गर्दै एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी र प्रवक्ता सिद्धार्थ श्रेष्ठले आउँदा दिनहरुमा पनि यस कार्यक्रमलाई परिमार्जित रुपमा निरन्तरता दिने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.