जन सरोकार

छोरी बलात्कार गरी फरार दुलाल १५ वर्षपछि पक्राउ

१५ वर्षअघि आफ्नै छोरीलाई जर्बजस्ती करणी (बलात्कार) गरी फरार रहेको सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी १३ ठुलोसिरुवारी निवासी विनोद दुलाललाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार चौतारा साँगाचोकगढी नगर साँगाचोक बजारमा लुकिछिपी बसेको सूचनाका आधारमा सुरक्षाकर्मीले फेला पारेको बस्नेतले जानकारी दिनुभयो ।

प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतका अनुसार अभियुक्त दुलाललाई विशेष सूचनाको आधारमा शनिबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले १५ वर्षपछि सोमबारमात्रै दुलाललाई पक्राउ गरेको हो ।

४३ वर्षीय दुलालले २०६३ वैशाख १९ मा दुलालले नाबलिका छोरीलाई सल्लाघारी जंगलमा जबरजस्ती करणी गरेका थिए तर आवश्यक कानुनी प्रक्रिया सुरु हुनुअघिदेखि फरार थिए ।

दुलालाई सोमबार नै जिल्ला अदालतमा पेश गरिएको र अदालतको आदेशले पुर्पक्षका लागि कारागार कार्यालय चौतारामा चलान गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.