जन सरोकार

काठमाडौंमा नक्कली नोटको कारोबार : ठूलो मात्रामा नोटसहित चारजना पक्राउ

काठमाडौंमा नक्कली नोटको कारोबार भैरहेको पाइएको छ । प्रहरीको अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले चारजनालाई नोटसहित पक्राउ गरेपछि यो तथ्य खुलेको हो ।

पक्राउ परेका चारजनाको साथबाट झण्डै ३ लाख रुपैयाँको नक्कली नेपाली नोट बरामद भएको छ । उनीहरूलाई काठमाडौं–१६, नयाँ बजारको मेडिकल चोक क्षेत्रबाट पक्राउ गरिएको हो ।

नोटसहित पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम छन् ।  प्रहरीका अनुसार उनीहरूबाट एक हजार रुपैयाँ दरका २ लाख ९४ हजार बराबरको नक्कली नेपाली नोट बरामद भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.