प्रेमगीत ३ : उत्तर अमेरिका र युरोप प्रदर्शन अधिकार विक्रीबाट कमायो झण्डै एक करोड
२०७६ चैत्र २८ गतेबाट सार्वजनिक प्रदर्शन गर्ने घोषणासहित तयार हुँदै गरेको ऐतिहासिक प्रेमकथामा आधारित चलचित्र प्रेमगीत ३ को विदेश प्रदर्शनको माग बढेको छ । आसुशेन फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको यो चलचित्रको केही दिन अघि उत्तर अमेरिकी देशहरुका लागि प्रदर्शन अधिकार विक्री भएको छ ।
केही दिनअघि क्यानाडा, मेक्सिको र अमेरिकाको लागि प्रदर्शन अधिकार बेचिएको थियो । ४५ हजार अमेरिकी डलर (करिब ५१ लाख नेपाली रुपैयाँँमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले उक्त अधिकार किनेका हुन् ।
यसै गरी मंगलबार मात्र युके र यूरोपका ८ देशका लागि बिदेश राईटस् २५ हजार युरोमा बिक्री भएको छ । उक्त राईटस् इनास चलचित्र प्रबर्द्धन समिती ग्लोबल संयोजक मनिष श्रेष्ठ र इनास युरोप कोर्डिनेटर सन्त कुमार थापा मगरबीच सहमति भएको छ ।
प्रेमगीत ३ को प्रदशनलाई अझ ब्यबस्थित गर्न इनास चलचित्र प्रबर्द्धन समिती युके कोर्डिनेटर रजनी सुनुवारलाई समेत जिम्मेवारी प्रदान गरिएको कुरा मनिष श्रेष्ठले जानकारी गराउनु भएको छ ।
सन्तोष सेन र छेतेन गुरुङ मिलेर निर्देशन गरेका चलचित्रमा मा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय छ ।
राजेश श्रेष्ठले छायांकन गरेको फिल्ममा हिमाल केसीको द्वन्द, कल्याण सिंह र एलिश कार्कीको संगीत, बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, छेतेन गुरुङ र मन्दिप गौतमको लेखन रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्