राजनीति

बालकुमारी घटना : एकीकृत समाजवादी मन्त्री ज्वालालाई फिर्ता बोलाउनेबारे आन्तरिक छलफलमा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ ।

गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो । पार्टीको आइतबारको बैठकमा मन्त्री ज्वालाका विषयमा छलफल भए पनि आयोगको रिपोर्ट हेरेर निर्णय गरिने पार्टी उपाध्यक्ष प्रमेश हमालले राससलाई जानकारी दिनुभयो ।

जाँचबुझ आयोगले मन्त्री ज्वालासहित तीन जनालाई दोषी ठहर गरेपछि उहाँलाई राजीनामा गराउन पार्टीमा केही नेताहरूले सुझाव दिनु भएको आशय उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.