राजनीति

बाँस्कोटालाई बर्खास्त गर्न माग राख्दै कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध

सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदका लागि कम्पनीका एजण्टसंग कमिशन मागेको अडियो सार्वजनिक भएपछि पदबाट बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिहिबारको राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

राष्ट्रियसभाको बिहीबारको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने र यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई जवाफ दिनुपर्ने माग गरे लगत्तै कांग्रेस सांसदहरु आ आफ्नो स्थानमा उभिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेका हुन् ।

यसैबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारमन्त्रीको अडियोको आधिकारिकताबारे पार्टीले बुझ्ने र त्यसमाथि छलफल हुनसक्ने बताउनुभएकोछ । प्रवक्ता श्रेष्ठले अडियोको आधिकारिताकताका बारेमा बुझेर पार्टीभित्र कुनै छलफल नगरेको र आधिकारिकताका बारेमा बुझेपछि पार्टीमा छलफल हुनसक्ने बताउनुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.