सभापति लामिछाने तीर्थाटनका लागि भारत जाँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीनदिने निजी भ्रमणका लागि आज शुक्रबार भारत जान लाग्नुभएको छ। उहाँ परिवारसहित भारतका धार्मिक स्थलमा पूजाअर्चना गर्न जान लागेको उहाँको सचिवालयले विज्ञप्तिमार्फत जनाएको छ।
विज्ञप्तिअनुसार, सभापति लामिछाने भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवी मन्दिरमा पूजाअर्चना गर्न जान लाग्नुभएको हो। सचिवालयले यसलाई पूर्णतः निजी तथा तीर्थाटन भ्रमण भनेको छ।
लामिछाने यसअघि पनि भारत भ्रमणमा जानुभएको थियो। गत जेठ १८ देखि २२ गतेसम्म उहाँ भारतीय जनता पार्टी ९भाजपा० का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँचदिने औपचारिक भ्रमणका लागि भारत जानुभएको थियो।
उक्त भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस। जयशंकर, गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष नवीनसँग भेटवार्ता गर्नुभएको थियो।
भ्रमणमा नेपाल–भारत सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो। त्यस क्रममा उहाँ अयोध्याको भ्रमणमा समेत जानुभएको थियो।
यसअघिको भ्रमण राजनीतिक तथा कूटनीतिक भेटघाटमा केन्द्रित थियो भने यसपटकको भ्रमण धार्मिक तथा निजी प्रयोजनका लागि हुन लागेको सचिवालयले जनाएको छ।




प्रतिक्रिया राख्नुहोस्