स्पेनिस ला लिगामा बार्सिलोना विजयी
काडिजमाथि जित निकाल्दै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल मड्रिडले बार्सिलोनासँगको अंक दुरी आठ अंकले बढाएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले काडिजमाथि २-० को जित निकालेको हो ।
बार्सिलोनालाई जित दिलाउन सेर्जी रोबर्टो र रोबर्ट लेवान्डोस्कीले समान एक-एक गोल गरे । बार्सिलोनाले दुवै गोल पहिलो हाफमा गरेको थियो
। खेलको ४३ औं मिनेटमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यस्तै पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट गोल भएन र खेल बार्सिलोनाले २-० ले आफ्नो पक्षमा पार्दै महत्वपूर्ण तीन अंक प्राप्त गर्यो ।
जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँगको अंक दुरीमा ८ अंकले बढाएको छ । २२ खेलमा ५९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा यथावत छ भने २२ अंक जोडेको काडिज १७ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया राख्नुहोस्