जन सरोकार

पिसीआरको नक्कली रिपोर्ट बनाउने यादवविरुद्ध भ्रष्टाचार मुद्दा

कोरोना संक्रमणको परीक्षण (पिसीआर)को नक्कली रिपोर्ट बनाएको अभियोगमा पक्राउ परेका शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा गरेको छ ।

CIAA

यादले अस्पतालमा भर्ना भएका बिरामीको स्वाब संकलन गरी अनाधिकृत रुपमा शुल्क उठाई स्वाबको परीक्षण नै नगरी गलत रिपोर्ट दिएको, रिपोर्ट पोजेटिभ आएमा थप रकम लिई रिपोर्ट नेगेटिभ बनाइदिएको पाइएको अख्तियारले जनाएको छ ।

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा यादवले चलाउने कम्प्युटरको फरेन्सिक परीक्षण गर्दा कोरोना परीक्षणको सबै रिपोर्ट नक्कली पाइएको र उनले अस्पतालको छाप आफूखुशी बनाई दुरुपयोग गरेको पनि अख्तियारको दावी छ ।

यादवले गरेको काम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिम कसूर भएकाले विशेष अदालतमा मुद्द दिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.